Friday, July 28, 2017  |    

नेपाल पर्यटक यातायात व्यवसायी संघद्धारा मिर्गौला पिडितलाई आर्थिक सहयोग

प्रकाशित मिति: 2017/06/12

जेठ २९, काठमाण्डौ । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को समन्वयमा विगत ३ महिनादेखि मिर्गौला रोगबाट ग्रसित रहँदै आउनुभएका विर अस्पतालमा उपचाररत ब्रदर्श टुर्स प्रालिमा कार्यरत चालक गणेश संगतलाई नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष साङ्गे लामाको नेतृत्वमा गएको टोलीले स्वास्थ्यलाभको सफलतासहित आज १ लाख ८८ हजार ६० रुपैया प्रदान गरिएको छ ।

नेपाल पर्यटक यातायात व्यवसायी संघले बिगतका दिनहरुमा पनि पर्यटक यातायात क्षेत्रमा कार्यरत मजदुरहरुलाई आकस्मीक दुर्घटना पर्दा स्वास्थ्यलाभको लागि सहयोग गर्दै आएको छ ।

यसै सन्दर्भमा (एनटीभीए)का अध्यक्ष साङ्गे लामाले मजदुरहरुको स्वास्थयमा आफु चिन्तीत रहेको भन्दै आगामी दिनमा पनि यस्ता सहयोग प्रदान गर्दै जाने बताउनुभयो । मिर्गौला पीडित सहयोगको लागि ब्रदर टुर्स सर्भिस प्रा.लि. परिवार ३३ हजार, महालक्ष्मी भेइकल सर्भिस प्रा.लि. परिवार २६ हजार, ड्राइभ नेपाल ट्रान्स सर्भिस प्रा.लि. परिवार २४ हजार ६ सय दश, सिद्धि गणेश प्रा.लि. परिवार २० हजार पन्चानब्बे, नेपाल इकोलोजी ट्रेक्स प्रा.लि. परिवार १० हजार, नेपाल अन टाईम भेइकल प्रा.लि. परिवार १० हजार, ड्राइभ एड्भेन्चर र रोय पाउण्टेन परिवार ९ हजार २ सय, हेल्पफुल भेइकल सर्भिस प्रा.लि. परिवार ९ हजार पन्ध्र, बुद्ध भेइकल सर्भिस प्रा.लि. परिवार ६ हजार साठ्ठी, आर.के.यस भेइकल सर्भिस प्रा.लि. परिवार ६ हजार, नेशनल भेइकल सर्भिस प्रा.लि. परिवार ५ हजार, श्रेष्ठ भेइकल सर्भिस प्रा.लि. परिवार ५ हजार, इजी टुर सर्भिस प्रा.लि. परिवार ५ हजार, बिजी भेइकल सर्भिस प्रा.लि. परिवार ४ हजार, सुनौलो भेइकल सर्भिस प्रा.लि. परिवार ४ हजार, अल नेपाल भेइकल सर्भिस प्रा.लि. परिवार ४ हजार, पि.यस भेइकल सर्भिस प्रा.लि. परिवार २ हजार, ट्रेकिङ टिम प्रा.लि. परिवार २ हजार सहयोग गर्नु भएको थियो । 

तपाईंको बिचार