Thursday, September 21, 2017

नेपालगन्जमा राजपा नेताद्वारा कांग्रेस उम्मेदवारको गाडी तोडफोड

प्रकाशित मिति: 2017/06/13

जेठ ३०, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडी मंगलवार बिहान त्रिभुवन चोकमा तोडफोड गरिएको छ ।

नेपालगञ्ज २२ पुरैनामा भैरहेको घरदैलो कार्यक्रममा मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियालाई र्पुयाई सम्पर्क कार्यालय फर्किँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई राष्ट्रिय जनता पार्टीका नेता ललित कुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको बाँके प्रहरीले जनाएको छ ।
गाडी तोडफोड गर्ने रौनियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजपाले बिहानदेखि बन्द आहवान गरेको थियो । बन्द अवज्ञा गर्दै नगरमा सबै खाले सवारी साधन निर्वाध चलि रहेका थिए ।
गाडी फर्काउन लाग्दा गाडीको झण्डा भाँच्दै ढुङ्गाले गाडीमा हानेको गाडी चालक महेन्द्र सिंहले बताए । ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसा फुटेको छ ।

नेपालगन्जमा कांग्रेसले दुई दिनअघि मात्र कनोडियालाई मेयर र उपमेयरमा उमा थापा मगरलाई उम्मेदवार घोषणा गरेको थियो ।

तपाईंको बिचार