Friday, July 28, 2017  |    

मधेशका जनता भोट दिन आतुर छन :प्रमुख आयुक्त यादव

प्रकाशित मिति: 2017/06/13

जेठ ३०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावमा मधेसका जनताको पनि समर्थन रहेको बताएका छन् । साथै राजपाको बहिस्कारतर्फ लक्षित गर्दै सबै दललाई चुनावमा आउन आहृवान गरे ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आयोगले सबै तयारी पुरा गरेको बताए । अब आचार संहिता अनुगमनका लागि सहसचिव स्तरको टोली खटाइने समेत बताए ।
तर, सरकारको निरन्तरको प्रयासका बाबजुद राजनीतिक वातावरण बन्न नसकेको बताए । उनले भने, ‘ऐन कानुन संशोधन गरेको छ । हस्ताक्षर बुझाउन समय दिइएको छ । सरकार र आयोगको तर्फबाट अधिकतम प्रयास भएको छ ।’
हालै मात्र तराई मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर फर्किएका प्रमुख निर्वाचन आयुक्त यादवले जनता तथा मतदाता चुनावको समर्थनमा रहेको सुुनाए । उनले भने, जनता चुनावको पक्षमा छन् र आयोगले सहयोग पनि पाएको छ ।’
उनले अब स्थानीय तहको संख्या बढाउने मागको सन्दर्भिकता नै सकिएको बताएका छन् ।

तपाईंको बिचार