Friday, July 28, 2017  |    

असार १४ को चुनाव नरोकिने गृहमन्त्रालयको दाबी

प्रकाशित मिति: 2017/06/14

जेठ ३१, काठमाडौं । चुनाव बहिस्कारका लागि आन्दोलन घोषणा गरेको राजपाको दुई दिने कार्यक्रम हेरिसकेपछि गृहमन्त्रालयका अधिकारीहरु आगामी असार १४ गते ४ वटै प्रदेशमा चुनाव गर्न सकिने निश्कर्षमा पुगेका छन् ।

‘राजापाले गर्ने शक्ति प्रदर्शनमा जनसहभागिता कस्तो हुन्छ भनेर हामीले दुई दिनसम्म र्हेयौं,’ गृहमन्त्रालयका एक अधिकारीले भने ‘कतिपय जिल्लामा टायर बाल्ने र गाडी तोडफोड गर्ने घटनाहरु भए पनि त्यसमा एक दुईभन्दा बढी मानिसको सहभागिता देखिएन ।’
राजापाले के कति शक्ति देखाउँदो रहेछ भन्ने स्थानीय प्रशासनले नरम भएर हरेको र कुनै अवरोध नगरेको भए पनि दुई दिनको घटना आँकलन गर्दा राजपाको प्रदर्शन सरकारको नियन्त्रण भन्दा बाहिर नरहेको गृहको ठहर छ ।

 
स्थानीय प्रशासनले राजापाले कुन जिल्लामा कति मानिसहरु सडकमा उर्तायो भन्ने विवरण संकलन गरेर गृहमन्त्रालयमा ब्रिफिङ गराएको छ । यसक्रममा २७० जना भन्दा बढीको जुलुस कतै नदेखिएको रिपोर्ट गृहमा पुगेको छ ।
दुई दिनसम्म राजपाको शक्ति हेरिसकेपछि सुरक्षा अधिकारीहरु असार १४ मा सबै प्रदेशमा चुनाव गर्न सकिने निश्कर्षमा पुगेका छन् ।
गृहमन्त्रालय स्रोतले भन्यो( ‘सरकारले सुरक्षामा विशेष ख्याल गर्नुपर्ने भनेको मनोनयन दर्ताका दिनमा र मतदान गर्ने दिन हो, त्यसका लागि सुरक्षाकर्मीहरु सक्षम छन् । आम जनता चुनावको पक्षमा रहेकाले सीमीत मानिसहरुले अवरोध गर्न खोज्दैमा त्यो सम्भव छैन ।’

तपाईंको बिचार