Thursday, September 21, 2017

सरकार र राजपाका शीर्ष नेताहरुको बैठक सुरु

प्रकाशित मिति: 2017/06/15

असार १, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुको वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि छन् । माओवादीबाट अध्यक्ष प्रचण्डका साथै नारायणकाजी श्रेष्ठ प्रकाश र मातृका यादव छन् भने गृहमन्त्री जनार्दन शर्मा पनि बैठककमा सहभागी छन् । राष्ट्रिय जनता पार्टीबाट महन्थ ठाकुर, महेन्द्र यादव र शरदसिंह भण्डारी सहभागी छन् भने संघीय लिम्बुवान पार्टीका कुमार लिंङ्ग्देन पनि बैठकमा सहभागी छन् ।

 
  

तपाईंको बिचार