Sunday, November 19, 2017

तारकेश्वर काठमाण्डौ सम्पर्क समिती गठन गरिने

प्रकाशित मिति: 2017/06/15

असार १, काठमाण्डौ । नेपाली कांग्रेस सम्बद्ध  तारकेश्वर गाँउपालिकाले यही असार ३ गते तारकेश्वर काठमाण्डौ सम्पर्क समिती गठन गर्ने भएको छ ।

नुवाकोटको  तारकेश्वर घर भई काठमाण्डौमा बसोबास गरी बिभिन्न व्यापार व्यवसायमा लागेका महानुभावहरुको बृहत भेला गरी कमलादीको सि डब्लु पार्टी हलमा हुन लागिरहेको उक्त भेलामा २ सय भन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ  । 
यसैगरी नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका समन्वय समितीका संयोजक होमबहादुर तामाङले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै समग्र तारकेश्वरको बिकासका लागि अभियान सञ्चालन गर्नको लागि र भाईचाराको सम्बद्धलाई मजबुत बनाउँदै बिकास निर्माणको नयाँ आयमको लागि सहयोगी संस्था बन्नको लागि तारकेश्वर काठमाण्डौ समन्वय समिती गठन गर्न लागिएको बताउनुभयो ।
उहाँले काठमाण्डौमा बस्नुभएका नेपाली कांग्रेस सम्बद्ध तथा प्रजातान्त्रिक बिचारधारामा आस्था राख्ने साथीहरुलाई यही असार ३ गते हुने गठन सभामा सहभागि हुनको लागि हार्दिक अपिल समेत गर्नुभएको छ ।
कमलादी हलमा बिहान ११ बजे बाट सुरु हुने सो कार्यक्रममा तारकेश्वर काठमाण्डौ सम्पर्क समिती गठनसँगै औपचारिक शुभारम्भ तथा बिभिन्न उपसमिति सँगसँगै बिभिन्न बिभागहरुको पनि बाँडफाड गरिने संयोजक तामाङले बताउनुभयो । उहाँले तारकेश्वर क्षेत्रका काठमाण्डौबासीलाई गोलबद्ध गर्नुपर्ने आवश्यक्तालाई अंगीकार गर्दै यो भेला आयोजना गरिएकोले यसलाई सबैले सकारात्मक सोचको रुपमा लिई सबैले आआफ्नो ठाँउबाट आफ्नो जन्मथलोलाई नमुना र समुन्नत बनाउनका लागि लागी पर्नुपर्ने बताउनुभयो ।

तपाईंको बिचार