Sunday, November 19, 2017

दलितद्वारा पहिलो पटक सगरमाथा आरोहण

प्रकाशित मिति: 2017/06/18

काठमाडौं । दलित समुदायको उत्थान र प्रवद्र्धनका लागि स्थापित संस्था सोलुखुम्बु विश्वकर्मा सेवा समाजले पहिलो दलित सगरमाथा आरोहीलाई विशेष सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सिंगो शिल्पी समुदाय (दलित समुदाय)सँगसँगै मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै आरोहीद्धय विजय घिमिरे विश्वकर्मा र प्रकाश सुन्दाशलाई सो सम्मान प्रदान गरेको हो ।

समाजद्धारा राजधानीको बौद्ध गार्डेन पार्टी प्यालेसमा आयोजित एक विशेष समारोहबीच सांसद रामेश्वर फुयाल र समाजका केन्द्रीय अध्यक्ष रुद्रबहादुर घतानीले आरोहीद्धय विजय र प्रकाशलाई ताम्रापत्रसहितको सम्मान प्रदान गर्नुभयो ।

सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नं. ७ का विजयले सन् २०१७ को मे २२ तारिख अर्थात जेठ ८ गतेको दिन विहान ५ बजेर ५ मिनेटमा र पासाङल्हमु गाउँपालिका वडा नं. २ लुक्लाका प्रकाशले सोही दिनको विहान ९ बजेर २९ मिनेटमा सगरमाथाको शिखर चुम्न सफल भएका थिए । दुई फरक टोलीमा रहेर सर्वोच्च शिखरमा पाइला राखेका विजय र प्रकाशले वषौंदेखिको सपना पूरा भएको बताएका छन्  । यसअघि सगरमाथाको शिखरतर्फ कुनै पनि दलितको पाइला लम्किएको समेत थिएन । सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सांसद फुयालले  आरोहणको माध्यामबाट विजय र प्रकाशले सिंगो मुलुकको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै बधाई ज्ञापन गर्नुभयो ।

समाजका अध्यक्ष घतानीले आरोहीद्धय विजय र प्रकाशले इतिहास जितेको भन्दै यसले सिंगो समुदाय र देशको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यो इतिहासलाई जीवित राख्दै नयाँ आयम थप्न यूवा पीडिहरु जागरुक भएर लाग्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

तपाईंको बिचार