Friday, July 28, 2017  |    

विप्लव समूहद्वारा कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण

प्रकाशित मिति: 2017/06/18

असार ४, ताप्लेजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन् ।

फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बु अपहरणमा परेका हुन् । विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको परिवारका सदस्यहरुले बताएका छन् ।
मनकुमारका काका विप्लव समूहका नेता हुन् । काका बहिस्कार गर्ने, भतिज चुनावमा उठेर हुन्छ भन्दै उनलाई अपहरण गरेको बताइएको छ । अपहरणमा संलग्नहरुको खोजी भइरहेको छ ।

 

तपाईंको बिचार