Friday, July 28, 2017  |    

राजपा कोषाध्यक्ष यादब एमालेमा प्रवेश, एमालेविरुद्ध फैलाइएको भ्रमको जवाफ :ओली

प्रकाशित मिति: 2017/06/18

असार ४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टी प्रवेश गराए । यादवको प्रवेशमा एमालेविरुद्ध तराई मधेसमा फैलाइएको भ्रमको जवाफ दिएको ओलीले बताए ।
एमाले प्रवेश गरेकी यादव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुन् ।
यादवको २०६६ माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपाको सक्रिय राजनीतिमा आइन् ।
दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट धनुषा ५ को उम्मेदवार भएकोमा कांग्रेस उम्मेदवार चन्द्रमोहन यादवसँग पराजित भएकी थिइन् ।

 

तपाईंको बिचार