Sunday, June 25, 2017  |    

तारकेश्वर– काठमाण्डौ सम्पर्क समितीद्धारा १,११,१११ को कल्याणकारी कोष स्थापना

प्रकाशित मिति: 2017/06/19

असार ५, काठमाण्डौ । बिपन्न जनताका आकस्मीक तथा जटिल स्वास्थ्य समस्या, आकस्मीक दुर्घटना, मिर्गौला पिडित, क्यान्सर लगायतको आकस्मीक स्वास्थ्य समस्याको लागि सहयोग गर्ने उदेश्यले नेपाली कांग्रेस तारकेश्वर काठमाण्डौ सम्पर्क समितीद्धारा तारकेश्वर काठमाण्डौ कल्याणकारी कोष स्थापना गरेको छ ।

दैनिकी ५ रुपैया सहयोग संकलन अभियानबाट यो कोषलाई बलियो बनाउँदै जनताको आकस्मीक दुर्घटनालाई केही हदसम्म सहजीकरण गर्नको लागि कोष खडा गरिएको नेपाली कांग्रेस तारकेश्वर गाउपालिका संयोजक होमबहादुर तामाङले बताउनुभयो ।
यसै गरी आज राजधानीमा बसेको बैठकले तारकेश्वर घर भई काठमाण्डौमा अस्थाई बसोबास गर्ने व्यक्तिहरुलाई सदस्यता प्रदान गर्नको लागि तिब्रता दिईने पनि बताएको छ ।
१ लाख ११ हजार १ सय ११ को कल्याणकारी कोषको समेत आज बैठकले घोषणा गर्यो । युवा नेता शिव अधिकारीको संयोजकत्वमा गाँउपालिका संयोजक होमबहादुर तामाङ र शिब प्रसाद अधिकारी –गोस्र्याङ) सहित ३ सदस्यीय समिती समेत गठन गरिएको छ ।
त्यस्तै आगामी दिनमा जनताको जनस्वास्थ्यलाई मध्यनजर राख्दै सम्पर्क समितीले रक्तदान कार्यक्रम सहितको रगत परिक्षण कार्यक्रम पनि छिट्टै गर्ने निर्णय गरेको छ ।
कोष स्थापनामा संयोजकको जिम्मेवारी पाएसँगै कोषका संयोजक शिव अधिकारीले पछिल्लो समय आधुनिकीकरण सँगसँगै  आकस्मीक दुर्घटनाहरु बढ्दै गएको परिस्थीतिमा जनस्तरको स्वास्थ्यमा सहजीकरण गर्नको लागि कोष स्थापना गरिएको बताउनुभयो ।
उहाँले दैनिकी ५ रुपैयाँको सहयोग गर्नको लागि जोकोहीलाई पनि गाह्रो नपर्ने र यसलाई बढवा दिदै जाँदा ठुलो कोष बन्दै जानुको साथै सबैको कल्याण गर्न सामान्य सहयोगबाट पनि संभव हुने र जनस्वास्थ्यमा सकारात्मक सन्देश जाने बताउनुभयो ।  

तपाईंको बिचार