Thursday, September 21, 2017

दार्जिलिङ आन्दोलन चर्किदै

प्रकाशित मिति: 2017/06/20

असार ६, काठमाडौं । दार्जिलिङमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग गरि बिगत ९ दिनदेखि आन्दोलन चलिरहेको छ । हजारौं आन्दोलनकारीहरु सडकमा उत्रिएर पश्चिम बंगाल सरकार विरुद्ध नाराबाजी गर्दा हालसम्म ४ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते भएका छन् । आन्दोलन दिनदिनै चर्किदैं जाँदा दार्जिलिङमा पढ्न गएका हजारौं विद्यार्थी फसेका छन् । दार्जिलिङमा बंगलादेश, नेपाल, थाइल्याण्ड, हङकङ, भुटान लगायत देशका विद्यार्थीहरु पढ्दै आएका छन् । गर्मी महिना सुरुभएसँगै त्यहाँ विदा सुरु हुन लागेको थियो । सोही समयमा आन्दोलन सुरु भएको हुँदा विद्यार्थीहरु विद्यालयमै थुनिएको जनाईएको छ ।

विद्यालयमा खानेकुराहरुको समेत अभाव हुन थालेको छ भने भएका खानेकुराहरु विस्तारै सकिँदै जाँदा खाद्यान्न अभाव हुने देखिएको छ । हजारौं संख्यामा सडकमा उत्रिएका गोर्खालीले दार्जिलिङको चोक–चोकमा टायरसमेत बालेर आन्दोलन गरिहँदा विद्यार्थीहरु थप त्रसित बनेको उक्त अनलाइनले जनाएको छ ।

मंगलबार गोर्खाल्यान्ड आन्दोलनको नेतृत्वकर्ता गोर्खा जनमुक्ति मोर्चासहितका ६ दलको बैठक बस्दैछ । मंगलबारको बैठकले संयुक्त रुपमा आन्दोलन अघि बढाउने निर्णय गर्नेछ । १३ जुनमा मोर्चाले बोलाएको बैठकमा मोर्चालाई अन्य ५ दलले पनि समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए । बैठकमा सहभागी गोर्खा राष्ट्रिय मुक्तिमोर्चा (गोरामुमो) भारतीय जनता पार्टी, भारतीय गोर्खा परिसंघ, क्रान्तिकारी माक्र्सवादी पार्टी र गोर्खाल्यान्ड राज्य निर्माणकर्ता दल सहभागी थिए । सबै दलले २० जुनमा संयुक्त बैठक बसेर आन्दोलनको थप राणनीति बनाउने निर्णय गरेका थिए । सोही अनुसार मंगलबारको बैठक बस्न लागेको हो ।

तपाईंको बिचार