Thursday, September 21, 2017

अब आन्दोलन भए भ्रष्टाचारविरुद्ध हुनेछः गृहमन्त्री

प्रकाशित मिति: 2017/06/22

असार ८, विराटनगर । गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टाचारविरुद्ध हुने बताएका छन् ।

आफू उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्ध लडेर उज्यालो नेपाल बनाएको भन्दै उनले देशलाई समृद्ध बनाउने बाहेक अरु लक्ष्य नभएको बताए ।
बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले अबको लक्ष्य विकास र आर्थिक समृद्धी भएको उल्लेख गरे ।
स्थानीय तहमा भ्रष्टाचार हुन नदिने भन्दै उनले १५ वर्षमै नेपाललाई धनी देश बनाउन सकिने बताए ।

तपाईंको बिचार