Friday, July 28, 2017  |    

ओखलढुंगामा बाबु गाउँपालिका प्रमुख र छोरा वडाध्यक्षको उम्मेदवार

प्रकाशित मिति: 2017/06/22

असार ८, ओखलढुंगा । स्थानीय चुनावमा खिजीदेम्बा गाउँपालिकाको प्रमुखमा रेखनाथ न्यौपाने र कमल न्यौपाने बाबुछोरा बिचको प्रतिस्पर्धा टरेको छ । तर, दुबै उम्मेदवार बनेका छन् ।

रेखनाथ न्यौपाने राप्रपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । उनका छोरा कमल न्यौपाने भने नेकपा एमालेबाट गाउँपालिका वडा नं. ४ बाट वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
कमलले पनि गाउँपालिका प्रमुखको टिकट दाबी गरेका थिए । तर, जनजातिको बाहुल्यता रहेको गाउँपालिकामा एमालेले लाक्पा गेल्बु शेर्पालाई अघि सारेको छ । उनी अहिले वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
रेखनाथ राप्रपाका जिल्ला नेता हुन् । यद्यपि यहाँ कांग्रेस र एमालेकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । ०७० को संविधान सभानिर्वाचनमा एमालेका सांसद यज्ञराज सुनुवारले यो इलाकाबाट ४ भोट बढी ल्याएका थिए ।
खिजीदेम्बा गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रका साथै दुई स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । 

तपाईंको बिचार