Friday, July 28, 2017  |    

गरिबी हटाउन एमाले नै चाहिन्छ :झलनाथ खनाल

प्रकाशित मिति: 2017/06/23

असार ९, इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् ।

इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गरे । ‘निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ’, नेता खनालले भने । उनले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि संविधान कार्यान्वयनको विकल्प नभएको जिकिर गर्दै एमालेले देश विकासको नयाँ एजेन्डा ल्याएको बताए ।

 

तपाईंको बिचार