Thursday, September 21, 2017

भरतपुर महानगरपालिमा च्यातिएका मतपत्र आज सर्वोच्च अदालतमा पेस हुने

प्रकाशित मिति: 2017/06/27

असार १३, काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्र आज काठमाडौं आइपुगेको छ। प्रहरीको सुरक्षा घेराभित्र बुद्ध एयरको नियमित उडानबाट मतपत्र काठमाडौँ आएको हो। अदालतको आदेश अनुसार मतपत्र इजलासमा पेस हुनेछन्।

अदालतको आदेश अनुसार च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, गणना स्थगित गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि अदालत पठाइएको छ। 

सर्वोच्च अदालतले असार ६ गते एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात अदालतमा पठाउन आदेश गरेको थियो। जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो। 

तपाईंको बिचार