Friday, July 28, 2017  |    

विकास समितिले मुग्लिन सडकको अनुगमन गर्ने

प्रकाशित मिति: 2017/06/27

असार १३, चितवन। मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिक साढे दुईकिलो भन्ने स्थानमा पहिरो गएपछि आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको सडक केही समय अगाडि खुलेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरीका अनुसार गत शुक्रबार बिहान पहिरो खसेको ठाउँमा पुनः पहिरो गएको थियो । उक्त ठाउँमा गत शुक्रबार बिहान १ः०५ बजेको समयमा पहिरो खसेर प्रहरीको भ्यानसहित चार प्रहरीलाई पुरेको थियो । तीन प्रहरीको मृत्यु भएको छ भने एक अझै बेपत्ता छन् । 

 नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियरका अनुसार सिमसिम पानी परेको तर पहिरो ठूलो नभएकाले तुरुन्तै खोल्न सकिएको हो । सो सडकको अवस्थाको बारेमा आजै संसदीय विकास समितिले अनुगमन समेत गर्नेभएको छ । 

तपाईंको बिचार