Thursday, November 23, 2017

बम विस्फोट हुदाँ एक जनाको मृत्यु

प्रकाशित मिति: 2017/06/27

असार १३, काठमाडौं । निर्वाचन बिथोल्ने प्रयोजनको लागि कैलालीको धनगढीमा आफैले बोकेको बम विस्फोट भई नेत्रविक्रम चन्द्र विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ । 

आत्मघाती रुपमा विस्फोटन हुुँदा धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा राति करिव १० बजे बम बिस्फोटन भएको प्रहरीले जनाएको छ । बम विस्फोटनमा परी घाइते भएका विप्लवका कार्यकर्ता २९ वर्षीय चन्द्रबहादुर सिंहलाई प्रहरीले उद्धार गरेर तत्कालै अस्पताल पुर्याएको थियो । तर, सेती अञ्चल अस्पतालमा राति नै सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफैंले बोकेको बम विस्फोटन हुँदा उनको गुप्ताङ र अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनका हातका औंलासमेत चुँडिएका थिए । धनगढी १२ जुगेडा निवासी मृतक सिंह विप्लव समूहका कैलाली जिल्ला सदस्य भएको पुष्टि भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नाममा विप्लव समूहले देशैभरि बमहरु राख्ने र तर्साउने गतिविधि गरिरहेका छन् । 

तपाईंको बिचार