Sunday, November 19, 2017

विहानैदेखि तीन प्रदेशमा मतदान हुँदै, मतदाताहरुको उत्साहजनक सहभागिता

प्रकाशित मिति: 2017/06/28

असार १४, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन सुरु भएको छ। निर्वाचन आयोगले केही स्थानबाहेक ३५ जिल्लामा नै मतदान सुरु भएको जनाएको छ । मतदानका लागि मतदाताहरु लामबद्ध भइसकेका छन्। मतदानका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको छ।

२० वर्षपछि पहिलो चरणमा गत वैशाख ३१ गते तीन प्रदेशमा निर्वाचन भएको थियो। दोस्रो चरणमा आज थप तीन प्रदेशमा निर्वाचन हुँदैछ।३३४ स्थानीय तह निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तय भएका छन्। मतदाता परिचयपत्र वितरण आइतबारदेखि तीन दिनसम्म भइसकेको छ। मतदाता परिचयपत्र लिन नसकेका तर, नामावलीमा नाम भएका मतदाताको हकमा सरकारी निकायबाट प्रमाणित फोटोसहितको कुनै पनि परिचयपत्रले मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

दोस्रो चरणमा एक महानगर, ७ उपमहानगर, १११ नगरपालिकामा निर्वाचन हुँदैछ। यस्तै २१५ गाउँपालिकामा पनि आजै निर्वाचन हुनेछ। ३३४ स्थानीय तहमा दुई हजार ८७४ वडा छन्। पहिलो चरणमा २८३ स्थानीय तहमा निर्वाचन भएको थियो। अब तेस्रो चरणमा प्रदेश २ का आठ जिल्लामा मात्र निर्वाचन हुनेछ।

बुधबार मतदात हुन लागेको प्रदेश १ मा २६ लाख ७४ हजार ५६३ मतदाता छन्। यस्तै, प्रदेश ५ मा २४ लाख ५४ हजार ४८८ र प्रदेश ७ मा १३ लाख तीन हजार ७१४ मतदाता छन्।दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुँदैछन्।

तपाईंको बिचार