Sunday, November 19, 2017

मतपेटिकामा आगो लागेपछि मतदान स्थगित

प्रकाशित मिति: 2017/06/28

असार १४, रोल्पा । रोल्पा नगरपालिका १० भनभने मतदान केन्द्रमा आगजनी भएको छ। मतपत्रबाटै आगो उठेको बताइएको छ। 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मतदान बहिष्कार गरे पनि केही कार्यकर्तालाई निर्वाचन बिथोल्न मतदान केन्द्रसम्म पठाएको हुनसक्ने अनुमान सुरक्षाकर्मीले गरेका छन्। मतदाताले ज्वलनशील पदार्थ बोकेको र मतदान गरिसकेपछि छोडेर हिँडेको अनुमान प्रहरीले गरेको छ। 

तपाईंको बिचार