Sunday, November 19, 2017

स्थानीय तहमा भेदभाव नगरी कानुन निर्माण र बजेटको बाँडफाँट

प्रकाशित मिति: 2017/06/30

असार १६, काठमाडौं । स्थानीय तहमा कानुन तथा बजेट तर्जुमासम्बन्धी एकदिने कार्यशाला शुक्रबार राजधानीमा सम्पन्न भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीमा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा कार्यशाला गरेको हो । कार्यक्रममा विज्ञहरुले सेवामा भेदभाव नगरी कानुन निर्माण र बजेटको बाँडफाँट गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले स्थानीय तह परिचालसम्बन्धी कानुन नबजुन्जेल तत्काल समस्या समाधान गर्न र विकासका लागि के–के गर्नुपर्छ भन्नेबारे जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएका थिए । यसैगरी, व्यवस्थापिका–संसदमा पेस भएको स्थानीय तहको विधान तथा व्यवस्थापन कार्यविधिबारे जानकारी गराएको थियो ।

तपाईंको बिचार