Thursday, November 23, 2017

कपिलवस्तुको यशोधरा गाउँपालिकामा नेपाली कांग्रेस विजयी

प्रकाशित मिति: 2017/07/02

असार १८, काठमाडौं । कपिलवस्तुको यशोधरा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यशोधरामा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राजपाका उम्मेदवार पराजित भएका छन भने उपाध्यक्षमा संघीय समाजवादी फोरमको उम्मेदवार पराजित भएकी छिन् ।

अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा कांग्रेसका उम्मेदवार गिरिजेश कुमार पाण्डेयले ३ हजार २ सय ७५ मत प्राप्त गरी विजयी भए ।
उनका निकटम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले ३ हजार १ सय ५५ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी कन्यावती उपाध्यायले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी राजमति यादवले १ हजार ७ सय ९ मत प्राप्त गरिन् ।

तपाईंको बिचार