Thursday, September 21, 2017

दोस्रो चरणको निर्वाचनको नतिजा आउने क्रम जारी, एमालेको अग्रता कायमै

प्रकाशित मिति: 2017/07/03

असार १९, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा धेरै जस्तो स्थानका आईसको छ । यसमा एमाले शतक कटाएको छ। 

जारी मतगणनामा एमालेले १०३ स्थानमा विजयी भइसकेको छ भने थप ४१ स्थानमा अग्रता कायम राखेको छ। एमालेलाई कांग्रेसले पछ्याउँदैअहिलेसम्म ९३ स्थानीय तहमा जित हासिल गरेको छ, ३६ स्थानमा अग्रता लिएको छ ।

माओवादी केन्द्रले अहिलेसम्म ३१ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालले अहिलेसम्म ६ स्थानमा जित हासिल गरेका छन्। राष्ट्रिय जनमोर्चाले दुई स्थानमा जित हासिल गरेको छ। राप्रपाले १ स्थानमा जित हासिल गरेको छ।
 
जारी मतगणनामा २३७ स्थानको नतिजा आइसकेको छ। अब ९२ स्थानको नतिजा सार्वजनिक हुन बाँकी छ । विराटनगर महानगरमा कांग्रेसका उम्मेदवार भीम पराजुलीले आफ्नो अग्रता कायम राखेका छन्। धनगढी उपमहानगरमा पनि कांग्रेसले अग्रता कायम राखेको छ। तर, विवादका कारण मतगणना स्थगित भएको छ।एमालेले दाङको तुल्सीपुर र घोराही उपहानगरमा अग्रता कायम राखेको छ। बुटवल, धरान र इटहरी उपमहानगरमा पनि एमालेको अग्रता कायमै छ। नेपालगन्ज उपमहानगरमा भने राप्रपाले अग्रता बलियो बनाउँदै लगेको छ।

तपाईंको बिचार