Sunday, November 19, 2017

घोराहीमा एमालेको ‘सरप्राइज’, जित पक्का

प्रकाशित मिति: 2017/07/03

असार १९, दाङ । उम्मेदवारी दर्ता गर्दासम्म नेकपा एमालेलाई लागेको थियो, घोराही उपमहानगरमा दोस्रो स्थानका लागि लागि माओवादी केन्द्रसँग प्रतिस्पर्धा हुन्छ ।

अर्थात मेयर र उपमेयर कांग्रेसले जित्छ भन्ने उसको आंकलन थियो । तर, मतदान हुँदै गणनाको चौथो दिनमा आइपुग्दा घोराहीले एमालेलाई मात्र होइन, यहाँ क्रियाशील सबैलाई राजनीतिक दलहरुलाई पनि ‘सरप्राइज’ दिएको छ ।
सोमबार बिहानसम्म आइपुग्दा १९ ओटा वडामध्ये १७ वडाको गणना सकिएको छ र, एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीको जित सुनिश्चित भएको छ ।
घोराही उपमहानगरपालिकामा खसेको ५८ हजार ५३९ मतमध्ये ५१ हजार ७३४ मत गणना भइसकेको छ । अब करिब ६ हजार मत गन्न बाँकी रहँदा चौधरीले ४ हजारको अग्रता रहेकाले एमालेको जित सुनिश्चित भएको हो ।

सोमबार साँझसम्म अन्तिम नतिजा आउन सक्ने देखिएको छ ।
अहिले १२ नम्बर वडाको मतगणना चलिरहँदा चौधरीले १७,६३५ मतको अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका भुपबहादुर डाँगीले १३,९९८ मतका साथ पछ्याइरहेका छन् भने माओवादीका जीवन गौतम ९,४५८ मतका साथ तेस्रो स्थानमा छन् ।
माओवादी केन्द्रका मेयर उम्मेदवार गौतमले हार स्वीकार गरिसकेका छन् । उनले मतदातालाई धन्यवाद दिँदै आफू जनताको बीचमा निरन्तर रहने प्रतिबद्धता जनाएका छन् ।
दोस्रो स्थानमा रहेको कांग्रेसले पनि अब जित्ने सम्भावना सकिएको भन्दै हार स्वीकार गरेको छ ।
एमालेले शुरुदेखि नै अग्रता लिइरहेको थियो । वडाहरुमा पनि एमालेकै बर्चश्व कायम भएको छ ।

तपाईंको बिचार