Friday, July 28, 2017  |    

कर फर्छ्यौट आयोग कानुनी दायरामा छ : अर्थमन्त्री

प्रकाशित मिति: 2017/07/03

असार १९, काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुर्व अर्थमन्त्री डा. रामशरण महतद्वारा गठित कर फर्छ्यौट आयोग अहिले कानुनी दायरामा रहेको हुँदा संवैधानिक निकायको निर्णयलाई सरकारले प्रभावकारी रुपले कार्यान्वयन गर्ने बताएका छन्।

सोमबार संसदमा संवोधन गर्दै मन्त्री कार्कीले फर्छ्यौट आयोग माथि अख्तियार दुरुपयोग अनुसन्धानले जारी राखेको छानविनबारे जानकारी गराएका हुन्। अख्तियारले आयोगका अधिकारीबारे गर्ने निर्णयको कार्यान्वयनमा सरकारले प्रतिबद्धता पुर्वक सहयोग गर्ने समेत उनले उल्लेख गरे।

आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै करिब २१ अर्ब रुपैयाँ व्यवसायीलाई छुट दिएको थियो। त्यसमा सरकारी आयव्ययको अडिट गर्ने महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारले अनुसन्धान थालेको थियो। अख्तियारले आयोगका सदस्य एवं आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई नियन्त्रणमै लिएर अनुसन्धान गरि रहेको छ। आयोगका अध्यक्ष महत र अर्का सदस्य उमेश ढकाल फरार रहेको भन्दै अख्तियारले पक्राउ पूर्जी जारी गरि सकेको छ।

 
डा. रामशरण महतद्दारा गठित कर फर्छयौट आयोगमा कुनै त्रुटी भएको भए त्यो अहिले कानुनी दायरामा छ र त्यसले जे निर्णय गर्छ त्यसलाई पालना गर्ने त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने अहिलेको सरकार कटिवद्द रहेको निवेदन गर्न चाहन्छु।

तपाईंको बिचार