Thursday, September 21, 2017

मुग्लिन–नारायणगढ सडक खण्ड आजदेखि रातीको समयमा बन्द हुने

प्रकाशित मिति: 2017/07/04

असार २०, काठमाडौं । राजधानी जोड्ने मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि रातीमा बन्द गरिने भएको छ । राती सवारी बन्द गरेर सडक निर्माण गरिने भएको हो।

व्यवस्थापिका संसदको विकास समितिले राती सवारी रोकेर भएपनि सडक निर्माण गर्न निर्देशन दिएको छ।समितिले डेढ महिनाका लागि राती सडकमा सवारी रोक्न निर्देशन दिएको हो।समितिले आजै गृहमन्त्रालयमा पत्र पठाएर सवारी रोक्न निर्देशन दिएको हो।सडक विभागका महानिर्देशक गोपाल सिग्देलले निर्माण कम्पनीले रातको समयमा सडक निर्माण गर्न तयार रहेको बताए।

भूकम्प र नाकाबन्दीका कारण पटक÷पटक निर्माण सम्पन्न गर्ने समय सारिएको यो सडक खण्डको पचास प्रतिशत मात्रै काम सकिएको छ।सडक निर्माणको क्रममा कालीखोलामा जाने दैनिकको पहिरोले हजारौं यात्री अलपत्र पर्ने गरेका छन्।समितिले सन् २०१७ भित्रै निर्माणसक्ने गरी काम अघि बढाउन निर्देशन दिएको छ।

तपाईंको बिचार