Sunday, November 19, 2017

उपत्यकामा भत्काइएका सडकहरु तीन महिनाभित्र बनाउन निर्देशन

प्रकाशित मिति: 2017/07/04

काठमाडौ । व्यवस्थापिका संसदको विकास समितिले उपत्यकामा भत्काइएका सडकहरु तीन महिनाभित्र पुर्ननिर्माण गरेर बनाउन निर्देशन दिएको छ ।

समितिले उपत्यका सडक विस्तार आयोजना, उपत्यका विकास प्राधिकरण, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौ महानगरपालिका सडक विभागलार्इ यो निर्देशन दिएको हो। सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक पुर्ननिर्माण नहुँदा राजधानीका सडक हिलाम्मे छ।सडक विस्तार गर्दा उचित मूआब्जा र क्षतिपूर्ति दिएर मात्रै गर्न समितिले निर्देशन दिएको छ ।

उपत्यकाभित्र १५९४.६७ किलोमिटर सडक छन्।उपत्यका भित्र ९ लाख ७३ हजार भन्दा बढी सवारीसाधन छन्। उपत्यकामा कुल जमिनको ७.५ प्रतिशत मात्र सडकले ओगटेको छ।समितिको बैठकले नेपालमा सडक बनाउने निकायहरुवीच समन्वयको अभाव रहेको भन्दै सरकारी निकायबीच समन्वय गरेर शहरी यातायातलार्इ सुदृढीकरण गर्न निर्देशन दिएको छ।त्रिपुरेश्वर–कंलकी–नागढुंगा राजधानीको प्रमुख  नाका भएकोले अदालत र सरकारी निकायको आदेशलार्इ सम्मान गर्दै क्षतिपूर्ति दिएर सडक निर्माण गर्न समितिले निर्देशन दिएको छ। 

तपाईंको बिचार