Thursday, November 23, 2017

तारकेश्वर काठमाण्डौ सम्पर्क समितीको दोस्रो भेला साउन २१ मा, रक्तदान र रक्तपरिक्षण गरिने

प्रकाशित मिति: 2017/07/06

असार २२, काठमाण्डौ । नुवाकोट जिल्ला तारकेश्वर गाँउपालिका नेपाली कांग्रेस सम्बद्ध तारकेश्वर काठमाण्डौ सम्पर्क समितीले यही साउन २१ गते दोस्रो बृहत भेलासहितको रक्तदान तथा रक्तपरिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 उक्त भेलाले सम्पर्क समितीद्धारा घोषणा गरिएको तारकेश्वर कल्याणकारी कोषको सञ्चालन, समितीको निर्वाचन, समिती अन्र्तगत बिभिन्न समिती उपसमिती लगायतका बिषयहरुमा व्यापक छलफल गर्ने बताईएको छ ।
नेपाली कांग्रेस तारकेश्वर गाँउपालिकाका संयोजक तथा सम्पर्क समितीको तदर्थ समितीका संयोजक समेत रहनुभएका होमबहादुर तामाङले तारकेश्वर बिकासको अभियानलाई पुर्नताजगी गर्न र संगठनलाई चुस्त दुरुस्त राख्नको लागि यस्तो भेला गर्न लागिएको बताउनुभयो ।
सि डब्लु पार्टी हलमा हुने उक्त कार्यक्रममा जनताका स्वास्थ्य समस्यालाई समेत ध्यानमा राखी रक्तदान तथा रक्तपरिक्षण लगायत कल्याणकारी कोषलाई चलायमान बनाउन पनि यो भेला महत्वपुर्ण हुने बताउनुभयो ।
एक अर्को प्रशंगमा संयोजक तामाङले सम्पुर्ण तारकेश्वरमा स्थायी घर भई काठमाण्डौमा अस्थायी बसोबास गर्ने सबैलाई कुनै भ्रम र शब्दजालमा नपरी यो समितीलाई सशक्तता दिनको लागि सबै एक हुनुको बिकल्प नरहेको पनि बताउनुभयो ।
केही समयअघि संयोजक होमबहादुर तामाङको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिती सार्वजनिक गरिएको थियो ।

तपाईंको बिचार