Thursday, September 21, 2017

गोलामा हारेका हुकुम सिंहः जनताले जिताए तर, भाग्यले हरायो

प्रकाशित मिति: 2017/07/06

असार २२, झापा । झापाको कमल गाउँपालिकाका अध्यक्ष उम्मेदवार हुकुम सिंह राई र मेनका काफ्लेलाई जनताले बराबर मत दिए । गोलाप्रथामा एमालेकी मेनकाको भाग्य चम्कियो, कांग्रेसका हुकुम सिंह पराजित हुन पुगे ।

जनताले बराबर मत दिएर पनि गोलाप्रथामा हार्नु पर्दा हुकुमले के महसुस गरिरहेका होलान् ?
राईले भने, ‘यसलाई मैले सहज रुपमा लिएको छु ।’
जनताले बराबरी मत दिएपछि त्यसलाई अन्तिम रुप दिन आयोगलाई सहज बनाउने गरी मैले ऐनमा भएको व्यवस्था अनुसार गोलाप्रथामा जानुपर्छ भनेको थिएँ । उहाँहरुले प्रक्रिया र्पुयाएर निर्णय गर्नु भएको छ ।’
पूर्वपत्रकार समेत रहेका राईलाई विभिन्न संघ संस्थाको चुनावमा दुई उम्मेदवारको बराबरी मत पाउँदा कार्यकाल बाँडेर काम गर्ने गरेको जानकारी नभएको पनि होइन । पत्रकार महासंघकै उदाहरण दिँदै उनले भने, ‘तर, स्थानीय निकाय निर्वाचनका लागि कानुनमा नै गोलामा जानुपर्छ भनेर स्पष्ट व्यवस्था गरेको छ । आधाआधा चलाउन मिल्दैन भनेकाले हामी गोलामा गएका हौं ।’
हुकुम र मेनकाले ८ हजार २७५ मत पाएका थिए । त्यसपछि गोलाप्रथा भयो, जसमा मेनकाले जितिन् ।
गोलामा हारेका हुकुम सिंहले भने गोलाप्रथालाई जुवाका रुपमा लिएका रहेछन, जसमा उनी हारे । ‘जनताले जिताएको छ । तर, प्रक्रियामा छिर्नु पर्ने बाध्यता रहृयो,’ उनले भने, ‘जुवा खेलेको जस्तै हो । जीवनमा नखेलेको मान्छे आज खेलियो ।’
उनले गोला जित्दै मेयर चुनिएकी गाउँपालिका प्रमुख मेनकालाई सहयोग गर्ने बताएका छन् । उनले भने, ‘मलाई भोट हाल्ने, उहाँलाई भोट्न हाल्ने सम्पूर्ण कमलबासीको हितमा काम गरिदिनुहुन्छ भन्ने विश्वास छ । यसमा मेरो साथ रहन्छ ।’
यदि विपक्षीलाई सुन्दै नसुन्ने र एकपक्षीय रुपमा अघि बढेमा भने आफूले सोच्ने उनले बताए ।

तपाईंको बिचार