Sunday, November 19, 2017

एनसेलको प्रबन्ध सञ्चालकमा सुरेन

प्रकाशित मिति: 2017/07/07

असार २३, काठमाडौं । एनसेल प्रालिको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो ।

एनसेलका यसअघिका प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रहेर दक्षिण एसिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने छन् । नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु जस्तै सिंगापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिंगापुर), मोबिटेल (श्रीलंका), म्याक्सिस बर्हाद (मलेसिया) र एयरसेल लिमिटेड (भारत) मा काम गरिसकेका छन् । ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदहरुमा रही काम गर्दै उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको विस्तृत अनुभव संंगालेका छन् ।

तपाईंको बिचार