Sunday, November 19, 2017

सप्तरी बाढि प्रभावितलाई तत्काल २५ हजार रुपैयाँ दिइने

प्रकाशित मिति: 2017/07/07

असार २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपीडितको अवस्था बुझ्न सप्तरी पुुगेका छन् । गत शनिबार महुली खोलाको बाढीबाट अति प्रभावित सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा सप्तरी पुुगेका हुन् ।

 हेलिकप्टरमा देउवासहित गृहमन्त्री जनार्दन शर्मा, विभिन्न संसदीय समितिका सभापतिहरु र सप्तरीका आधादर्जन सांसद बाढी प्रभावित ठाउँ पुगका थिए । प्रधानमन्त्री डेढ किलोमिटर हिँडेर बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना,सशस्त्र र नेपाल प्रहरीले पुननिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गरे ।
 
प्रधानमन्त्रीले देउवाले बाढीपीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ रुपैयाँ दिइने घोषणा गरे । प्रधानमन्त्री देउावले बाढीपीडितलाई व्यापार र व्यवसाय गर्न सहुलियत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि बताए ।

तपाईंको बिचार