Thursday, September 21, 2017

मनमोहन मिर्गौलाकान्ड चर्कियो संसदमा

प्रकाशित मिति: 2017/07/07

असार २३, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले मनमोहन मेमोरियल मेडिकल कलेजमा उपचार गराउन गएका शिवप्रसाद रिमालको मिर्गौला चोरिएको भन्दै उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।

शुक्रबार व्यवस्थापिका–संसद बैठकमा विशेष समय लिएर कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले उपचारका लागि अस्पताल गएका बिरामीको मिर्गौला चोरिएको भन्दै उपचारमा संलग्न चिकित्सक र अस्पताललाई कारबाही गर्न माग गरेका हुन् । सांसदहरु रामहरि खतिवडा, रामनारायण बिडारी, राममाया बोगटीलगायतले छानबिन समिति गठन गरेर अस्पताललाई कारबाही प्रक्रियामा ल्याउन र पीडितलाई न्याय दिन आग्रह गरे ।

सम्मानित नेताहरुको नाम जोडेर अस्पताल खोली ठगीधन्दा चलाउनेलाई कारबाही गर्न उनीहरुको माग थियो । बैठकमा बोल्ने अधिकांश सांसदले भूकम्पपीडितलाई दिने भनिएको दुई लाख रुपैयाँ एकमुष्ठरुपमा दिन आग्रह गरेका छन् ।

तपाईंको बिचार