Sunday, November 19, 2017

बैंकले विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्नु नपर्ने

प्रकाशित मिति: 2017/07/09

असार २५, काठमाडौं । गत वर्ष नेपाल राष्ट्र बैंकले विपन्न वर्गमा बैंकहरुलाई प्रत्यक्ष रुपमा कुल कर्जाको २ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । तर यो वर्ष भने राष्ट्र बैंकले यस्तो बाध्यकारी व्यवस्थालाई हटाइदिएको छ ।

बैंकहरुले कुल कर्जाको ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने हुन्छ । तर बैंकहरुले यस्तो कर्जा प्रत्यक्ष रुपमा नभई लघुबित्त कम्पनी मार्फत गराउँदै आएका थिए ।
लघुवित्त कम्पनीहरुले चर्काे ब्याज लिएको चौतर्फी आलोचना हुन थालेपछि राष्ट्र बैकले बैंकहरु मार्फत नै प्रत्यक्ष लगानी गर्ने उद्देश्यले २ प्रतिशत प्रत्यक्ष लगानी गर्ने व्यवस्था गरेको थियो ।
तर बैंकहरुका लागि भने यो निकै कष्टकर भएको थियो । बैंकहरुले विपन्न बर्गमा प्रत्यक्ष कर्जा गर्न निकै कठिन भएको बताएपछि राष्ट्र बैंकले यस खालको व्यवस्था गरेको हो ।

तपाईंको बिचार