Friday, July 28, 2017  |    

बैद्य माओबादी पुनः बिभाजनतर्फ, ठमानसिंह तामाङलाई कारबाही मुख्य कारण

प्रकाशित मिति: 2017/07/11

असार २७, काठमाण्डौ । नेकपा (क्रान्तिकारी माओबादी)बाट पार्टी लाईन र पार्टी पद्धती प्रति असन्तुष्टी जनाउँदै माओबादी राष्ट्रिय युवा संयोजन समिती गठन भएको छ ।

५ बर्षअघि नेकपा माओबादी बाट फुटेर गएको मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओबादीले जनताको पक्षमा काम गर्न नसकेको र युवाहरुलाई परिचालन गर्न नसकेको भन्दै छरपष्ट भएका माओबादी घटकहरुलाई केन्द्रिकृत गर्ने अभियानमा आफुहरु लागेको माओबादी राष्ट्रिय युवा संयोजन समिती नेपालका संयोजक ठमान सिंह तामाङले बताउनुभयो ।
बदलिदो परिष्थीतीमा पार्टीले युवाहरुको भुमिकालाई नजरअन्दाज गर्ने र संगठनलाई मृत अवस्थामा पुर्याउन लागिएको  भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
माओबादी राष्ट्रिय युवा संयोजन समितीले केही समयभित्र राष्ट्रिय सम्मेलन गरी युवाहरुको एजेण्डालाई प्रमुख मुद्धा बनाउँदै पार्टी गठन बताएको छ ।

तपाईंको बिचार