Friday, July 28, 2017  |    

निर्वाचन खर्च विवरण बुझाउन आयोगको ताकेता

प्रकाशित मिति: 2017/07/12

असार २८, काठमाडौं । स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न भएको दुई महिना विति सक्न लाग्दा पनि उम्मेदवरहरुले अझै पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन । 

कानुन अनुसार निर्वाचन खर्च बुझाउनुपर्ने दायित्वबाट उम्मेदवारे अझै बेखबर छन्। एक तिहाइ उम्मेदवारले पनि निर्वाचनको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छैनन्। काठमाडौँकै हकमा पनि एक तिहाइ उम्मेद्वारले पनि खर्च विवरण बुझाएका छैनन्।  अधिकांश उम्मेदवारले अहिलेसम्म निर्वाचन खर्च बुझाएका छैनन्। 

निर्वाचन खर्च बुझाउन निर्वाचन आयोगले जेठ १९ गते नै सार्वजनिक सूचना जारी गरेको थियो। सूचना कार्यान्वयनमा नआएपछि आयोगले पुनः उम्मेद्वारलाई जिल्ला समन्वय समिति गठन हुँदासम्म खर्च विवरण बुझाउन आग्रह गरेको छ।

तपाईंको बिचार