Sunday, November 19, 2017

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

प्रकाशित मिति: 2017/07/13

असार २९, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलो भन्ने ठाउँमा बुधबार दिउँसो साढे ३ बजे झरेको पहिरो बिहीबार बिहान हटाइएको छ । 

राति पहिरो हटाउन जोखिम रहेकोले बिहान ४ देखि साढे १० बजेसम्ममा पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर बताएका छन् । 

बुधबार दिउँसो पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौंबाट पूर्व–पश्चिमका लागि हिँडेका सवारीसाधन मुग्लिनमा रोकिएका थिए । पूर्वपश्चिमबाट काठमाडौंका लागि छुटेका सवारीसाधन भने बीच सडकमै अलपत्र परे । इन्जिनियर खनालका अनुसार आयोजनाले काम थालेयता उक्त खण्डमा ठूलो पहिरो नै १ सय ३८ वटा खसिसकेको छ । पहिरोमा पुरिएर चार प्रहरी र दुई सर्वसाधारणको मृत्यु भएको छ । पहिरो हेर्ने क्रममा चिप्लिएर एकको मृत्यु, एक जना बेपत्ता भए । गुडिरहेका सवारीसाधन कति पुरिए, आयोजनासँग रेकर्ड छैन । अहिलेसम्म पहिरो पन्छाउन मात्र ३ सय ५९ घण्टा लागेको जनाईएको छ । 

तपाईंको बिचार