Thursday, September 21, 2017

मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त

प्रकाशित मिति: 2017/07/13

असार २९, काठमाडौं । सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो।

आफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी) को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको ठाउँमा नयाँ मुख्य सचिव नियुक्त गरेको हो।

मुख्य सचिवको प्रतिस्पर्धामा क्षेत्रीसँगै राष्ट्रिय सतर्कता केन्द्रका सचिव धनबहादुर तामाङ, अर्थसचिव शान्तराज सुवेदी, शिक्षासचिव शान्तबहादुर श्रेष्ठ, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, गृहसचिव लोकदर्शन रेग्मी र पर्यटनसचिव शंकर अधिकारी थिए।

तपाईंको बिचार