Sunday, November 19, 2017

प्रधानन्यायाधीशको महाअभियोग प्रस्तावविरुद्धको रिट संवैधानिक इजलाशमा

प्रकाशित मिति: 2017/07/13

असार २९, काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध व्यवस्थापिका–संसद्‍मा दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवार्इ संवैधानिक इजलाशमा हुने भएको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले प्रस्तावविरुद्धको रिट निवेदन संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।
महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट निवेदन दायर गरेका थिए । –रासस

तपाईंको बिचार