Monday, October 23, 2017

निर्वाचन आयोगले गाडी खरिद प्रक्रिया अगाडि बढायो

प्रकाशित मिति: 2017/07/14

असार ३०, काठमाडौं । निर्वाचन आयोगले पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ। यसअघि गाडी खरिद प्रक्रियामा आयोग पदाधिकारी र सचिवबीचको विवादले रोकिएको थियो । 

आयोगले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो। आयोगको सूचना अनुसार गाडी उत्पादक, वितरक र कारोबार गर्ने फर्महरुले पनि बोलपत्रमा सहभागी हुन पाउँनेछन्। साउन ३२ सम्म आवश्यक सम्पूर्ण कागजात दर्ताको प्रक्रिया पूरा गर्न आयोगले सूचनामा उल्लेख गरेको छ।

गाडी खरिद प्रक्रियासँग जोडेर आफुलाई हटाइएको तत्कालीन सचिवको आरोपपछि आयोगको आलोचना भएको थियो। 

तपाईंको बिचार