Tuesday, August 22, 2017

कसले के प्रकाशन गर्यो छोडिदिऊँ, म उदार दिलको छु :गोपाल पराजुली, प्रधानन्यायाधीस

प्रकाशित मिति: 2017/07/17

साउन २, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशहरुलाई ओभरटाइम गराउने योजना अघि सारेका छन् । साथै दीपकराज जोशीलाई आफ्नो उत्तराधिकारी भन्दै उनले दुबै एक भएर काम गर्ने बताएका छन् ।

सोमबार राष्ट्रपति विद्या भण्डारीसामू सपथ लिएका पराजुलीले सर्वोच्च पुगेर पदभार ग्रहण गरे । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश पराजुलीले ३९ बुँदे कार्ययोजना अनुसार नै अघि बढ्ने बताए ।
अतिरिक्त समयमा न्यायाधीशले ऐच्छिक रुपमा काम गर्ने भन्ने करिव करिव सहमति भएको भन्दै उनले, अतिरिक्त काम गरेर भएपनि जनतालाई सेवा दिन सबै न्यायाधीश लालायित हुनुहुन्छ ।’
प्रधानन्यायाधीश पारदर्शी र उत्तरदायी होस् भन्ने सञ्चारकर्मीहरुले हेर्न चाहेको भन्दै उनले त्यो पूरा गर्ने बताए । उनले भने, ‘कसले के प्रकाशन र्गयो, के र्गयो हिजोको कुरा छोडिदिऊँ । म पारदर्शी, एकदम उदार दिलको र कहि कुनै ठाउँमा आफ्नो कर्तव्यबाट च्युत नहुने र उत्तरदायीपूर्ण काम गर्छु ।’
उनले आफू आग्रह पूर्वाग्रहबाट परिचालित नहुने र आफ्नो उद्देश्यप्रति प्रष्ट रहेको दाबीसमेत गरेका छन् ।
आफ्ना व्यक्तिगत र ठूला योजना नभएको भन्दै प्रधानन्यायाधीश पराजुलीले व्यवहारिक र कार्यान्वयन योग्य कार्ययोजना अघि सारिएको बताए । उनले भने, ‘पद्दति र प्रणालीलाई भुलेर ठूलो उपलब्धि हासिल गर्न सकिँदैन ।’

एक महिनाभित्र संवैधानिक इजलास गठन गरिसक्ने तथा अदालतमा रहेका कमीकमजोरी सुधारबारे विगतको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्दै जाने उनले बचन पनि दिएका छन् ।

 

तपाईंको बिचार