Tuesday, November 21, 2017

उतर कोरियाको क्षेप्यास्त्र परीक्षण कार्यक्रको विरोधमा चीनको सहमति

प्रकाशित मिति: 2017/08/07


साउन २३ काठमाडौं । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि क्षेप्यास्त्र परीक्षण कार्यक्रमको विरोधमा नयाँ प्रतिबन्ध लगाउने स्वीकृति दिएको छ । जसमा स्थायी सदस्य तथा उत्तर कोरियाको परम्परागत मित्र चीनले पनि सहमति जनाएको छ । 
उत्तर कोरियाको निर्यात तथा लगानीलाई सीमित गर्नेबारे ल्याइएको प्रतिबन्धसम्बन्धी प्रस्ताव सुरक्षा परिषद्ले सर्वसम्मतिमा पारित गरेको हो । सुरक्षा परिषद् उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमत भएको हो । राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले यसलाई एकसाथ कुनै पनि देशमाथि लगाइएको यो सबैभन्दा कडा प्रतिबन्ध भएको बताइन् ।
उत्तरलाई कति घाटा ?
उत्तर कोरियाले जुलाई महिनामा दुई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण गरेर यो दाबी गरेको थियो कि अब ऊसित अमेरिकासम्म प्रहार गर्ने क्षमता विकसित भएको छ । यद्यपि जानकारहरूलाई भने यी मिसाइलको क्षमतामाथि अझै सन्देह छ ।
यी परीक्षणको दक्षिण कोरिया, जापान तथा अमेरिकाले कडा निन्दा गरेका थिए । र, यहीँबाट उत्तर कोरियामाथि नयाँ प्रतिबन्धको भूमिका तयार भएको हो । चीनलाई कोइला, कच्चा धातु तथा अन्य कच्चा सामानको निर्यात नै उत्तर कोरियाको अर्थ व्यवस्थाको सबैभन्दा ठूलो स्रोत हो । एक अनुमानअनुसार उत्तर कोरियाले हरेक वर्ष करिब तीन अर्ब डलरको सामान बाहिरी देशमा बेच्दै आएको छ । अहिलेको नयाँ प्रतिबन्धले उसको एक अर्ब डलरको व्यापार समाप्त हुन सक्छ ।
यसै वर्ष चीनले उत्तर कोरियामाथि दबाब दिनका लागि कोइलाको आराष्ट्र संघका लागि अमेरिकी राजदूतले भनिन् कि सुरक्षा परिषद्ले ब्यालेस्टिक मि यात रद्द गरिदिएको थियो । यद्यपि बारम्बार प्रतिबन्ध लाग्नुका बाबजुद मिसाइल कार्यक्रमलाई लिएर उत्तर कोरियाको भूमिकामा कुनै परिवर्तन आएको देखिन्न ।
चिनियाँ राजदूत लिउ जिएईले भने— यस प्रस्तावले देखाएको छ कि कोरियाली प्रायद्वीपमा परमाणु गतिविधिसम्बन्धमा सिंगो संसार अब एकमत भएको छ । उनले अमेरिकाको त्यस भनाइको प्रशंसा गरे कि ऊ उत्तर कोरियामा सत्ता परिवर्तन या कोरियाको एकीकरण चाहँदैन ।
तर, रुसी राजदूतका साथ उनले अमेरिकाको दक्षिण कोरियामा एन्टी मिसाइल सिस्टम तैनाथ गर्ने कार्यको भने आलोचना गरे र यो प्रक्रिया रोक्नुपर्ने माग पनि गरे । उत्तर कोरियाको लगातार मिसाइल परीक्षाको उसको छिमेकी देश दक्षिण कोरियाले कडा आलोचना गरेको छ । तर, दक्षिण कोरियाको भनाइ यो पनि छ कि ऊ यही साताको अन्त्यमा एक क्षेत्रीय बैठकको क्रममा उत्तर कोरियासित सीधा कुराकानी गर्न सक्छ ।

 

तपाईंको बिचार