Sunday, November 19, 2017

गोर्खाल्याण्डको माग गर्दै दार्जिलिङमा ७२ किलो मिटर लामो मानब साङलो

प्रकाशित मिति: 2017/08/07


साउन २३ काठमाडौं । अलग प्रान्त गोर्खाल्याण्डको समर्थन र पश्चिम बंगाल सरकारले गरेको दमनको विरोधमा  दार्जिलिङ जनताले करिव ७२ किलो मिटर लामो  मानव साङ्लो प्रदर्शन गरेका छन् । 
गोर्खाल्याण्डको ‘इपिसेन्टर’ दार्जिलिङको लेवोङदेखि सिलिगुडी नजिकैको सुकुनासम्म करिव ७२ किलो मिटर लामो मानव साङ्लो प्रदर्शन गरिएको हो । दार्जिलिङदेखि सिलिगुडीसम्म प्रदर्शन गर्ने योजना भएपनि प्रशासनको अवरोधका कारण सुकुनासम्म मात्रै प्रदर्शन गरिएको थियो । स्थानीय प्रशासनले सुकुनादेखि सिलिगुडीसम्मको करिव ८ किलोमिटर क्षेत्रमा कफ्यु लगाएको थियो । यो कार्यक्रमको अगुवाई संयुक्त कलाकार मञ्च दार्जि्लिङे गरेको हो । 
दार्जिलिङमा ५५ दिनदेखि हड्ताल जारी छ । गोर्खाल्याण्डको मागप्रति राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियमा ध्यानाकर्षण गर्ने उद्देश्यका साथ मानव साङ्लो प्रदर्शन गरिएको हो । मानव साङ्लो कार्यक्रममा हजारौ सर्वसाधारण सहभागी भएका छन् ।

 

तपाईंको बिचार