Saturday, November 18, 2017

नक्कली भ्याटबिल प्रयोग गर्ने फर्म तथा संथामा अनुसन्धान

प्रकाशित मिति: 2017/08/07


साउन २३ काठमाडौं । सरकारले फेरि नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ । अवैध हुन्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन अगाडि बढाएको हो ।
विभाग स्रोतका अनुसार, करोडौंको कारोबार गर्ने दर्जनौं व्यापारिक फर्म तथा संस्थाले नक्कली भ्याटबिलको प्रयोग गर्ने गरेको पाइएको छ । विभागमा परेको उजुरीका आधारमा नक्कली भ्याटबिल छानबिन कार्य अघि बढाइएको विभागले जनाएको छ । 

 

तपाईंको बिचार