Saturday, November 18, 2017

५ औं सिजन टाटा मोटर्स् कार मेला सम्पन्न

प्रकाशित मिति: 2017/08/07


साउन २३ काठमाडौं । नेपालका लागि टाटा मोटसर््को आधिकारिक वितरक सिप्रदी टेडिङद्वारा साउन २० देखि २२ गतेसम्म काठमाडौंको नक्सालमा आयोजना गरिएको ३ दिने टाटा मोटर्स् कार मेला सिजन ५ आइतबार सम्पन्न भएको छ ।
२ हजार ५ सयभन्दा बढीले दर्शकले अवलोकन गरेको सो कार मेलामा अवलोकनकर्ताहरू टाटाका विभिन्न कारहरूबारे जानकारी लिई टेस्ट ड्राइभलगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए । आयोजक सिप्रदी टे«डिङका अनुसार सो कार मेलामा उपस्थित दर्शकहरूमध्ये ६ सय ८० भन्दा बढीले टाटाका विभिन्न मोडलका कारहरू टेस्ट ड्राइभ गरे भने १ सय जनाले टाटाको गाडीे खरिदका लागि बुकिङ गरेका  थिए । 

साथै ३ सयभन्दा बढी सहभागी दर्शकले एक्स्चेन्जको लागि आफ्नो पुरानो गाडीको मूल्यांकन गराएका थिए । सो मेलामा कलाकारहरूद्वारा साल्सा डान्स, बेली डान्स सांगीतिक कार्यक्रमलगायत अन्य विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू दिएका थिए  । साथै नेपालका चर्चित हास्यकलाकार जितु नेपालले आफ्नो प्रस्तुतिद्वारा दर्शकहरूलाई  भरपुर मनोरञ्जन प्रदान गरेको थियो । 

साथै मेलाका अन्य आकर्षणहरूमा टाटा प्यासेन्जर गाडीहरूको प्रदर्शनी, एक्सचेन्ज सुविधा, अन द स्पट फाइनान्स सुविधा, पेन्ट बल, फुड स्टल, बी–बोइङ, नेल आर्ट, फेस पेन्टिङ, हुभरबोर्ड डान्स र पुरस्कार वितरणलगायतका कार्यक्रमहरू थिए ।

तपाईंको बिचार