Saturday, November 18, 2017

महिला युरो कपको उपाधि नेदरल्याण्डलाई

प्रकाशित मिति: 2017/08/07


साउन २३ काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप (युरोकप) को उपाधि आयोजक नेदरल्याण्डले  हात पारेको छ । डेनमार्कलाई ४–२ गोलअन्तरले पराजित गर्दै युरोकप २०१७ को उपाधि नेदरल्याण्डले जित्न सफल भएको हो ।
ट्वेन्टे रंगशलामा आज विहान सम्पन्न भएको खेलमा प्रतियोगिताभर अपराजित रहेको नेदरल्याण्डले डेनमार्कलाई सजिलै पराजित गर्न सफल भएको हो । तर खेलको सुरुवाती अग्रता भने डेनमार्कले लिएको थियो । खेलको छैठौं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको डेनमार्कले त्यसको ४ मिनेटपछि नै गोल खान पुग्यो । खेलको १० औं मिनेटमा नेदरल्याण्डका मैडिमाले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएकी थिइन् । 
खेलको २८ औं मिनेटमा मार्टेन्सले गोल गर्दै नेदरल्याण्डलाई २–१ को स्थितिमा पु¥याएकी थिइन् । खेलको ३३ औं मिनेटमा डेनमार्कका परमाई हार्डरले गोल गर्दै पहिलो हाफसम्ममा २–२ गोलको बराबरीमा पु¥याइन् । 

पहिलो हाफमा २–२ गोलको बराबरीमा रोकिएको घरेलु टोलीले दोस्रो हाफमा भने थप २ गोल गर्न सफल भयो । खेलको ५१ औं मिनेटमा सेरिडा स्पित्से र खेलको ८९ औं मिनेटमा भिभिएन्नी मैडिमाले गोल गर्दै नेदरल्याण्डलाई ४–२ को जित दिलाएकी हुन् । 

तपाईंको बिचार