Saturday, November 18, 2017

राप्रपा ले गर्‍यो १६ जना सांसद तथा केन्द्रीय सदस्यलाई पार्टिबाट निष्कासित

प्रकाशित मिति: 2017/08/07

 


साउन २३ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केही सांसद र केन्द्रीय सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । सोमबार बसेको राप्रपा केन्द्रीय समितिको बैठकले सांसद र केन्द्रीय सदस्य गरी १६ जनालाई निष्कासित गर्ने निर्णय गरेको हो । 
आइतबार पशुपति शमशेरले आफ्नो नेतृत्वमा राप्रपा छाडेर नयाँ पार्टी राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । पार्टी फुटेपछि बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले सांसदहरू दिपक बोहरा, सुनील थापा, रेशम लामा, बिराज बिष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बबिना लावती लाइ साधारण सदस्य समेत नरहने गरि निष्कासित गरेको हो ।
यस्तै निष्कासित हुने केन्द्रीय सदस्यहरुमा प्रवीण चाम्लिङ, हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, बिष्णु विक्रम थापा, गिरिधारी परियार, दिपक कुमार राई, विन्दु पहाडी, प्रदिप उदय र किरण गिरी रहेका छन् । 

 

तपाईंको बिचार