Saturday, November 18, 2017

ललितपुरमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु

प्रकाशित मिति: 2017/08/07


साउन २३ काठमाडौं । ललितपुरको कुसुन्तीमा प्रहरीको गोलीबाट एक युवकले ज्यान गुमाएको छ । कुसुन्तीका स्थानीय प्रबीण खत्रीको सोमबार दिउसो प्रहरी टोलीले पक्राउ गर्ने क्रममा खत्रीको मृत्यु भएको हो ।
सोमबार दिउसो पक्राउ गर्न गएको प्रहरी टोलीलाई खत्रीले आक्रमण गरेपछि जवाफी फायरीङमा खत्रीको मृत्यु भएको महानगरीय अपराध महाशाखाकाले जनाएको छ । खत्रीसँग दुईवटा पेस्ताल समेत बरामद गरेको छ ।
प्रहरीलाई गोली हान्दै छतबाट हाम फालेर भाग्न खोज्ने क्रममा उनीमाथि प्रहरीले गोली प्रहार गरेको हो ।घटनास्थलमै उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको हो । लागूऔषध र हतियारको कारोबार गर्ने गरेको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न गएको थियो । 

 

तपाईंको बिचार