Saturday, November 18, 2017

संविधान कार्यान्वयन गर्नका लागि जसरी पनि निर्वाचन गर्नैपने -झलनाथ

प्रकाशित मिति: 2017/08/07


साउन २३ काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनाले एमालेलाई आगामी निर्वाचनमा विजयी हुनबाट रोक्नका लागि विभिन्न षड्यन्त्रहरु भइरहेको बताएका छन् । तर, संविधान कार्यान्वयन गर्नका लागि जसरी पनि निर्वाचन गर्नैपर्ने उनले बताए ।


‘संविधान कार्यान्वयन गर्नु नै अहिलेको महत्वपूर्ण काम हो,’ राजधानीबाट गृहजिल्ला इलामतर्फ जाने क्रममा झापाको बिर्तामोडमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री खनालले भने, ‘स्थानीय तहमा एमाले अगाडि आइसक्यो, प्रदेश नम्बर २ मा पनि एमालेकै पक्षमा जनलहर छ ।’ वर्तमान सरकारले निर्वाचन गर्न ढिलाइ गरिरहेको खनालको आरोप छ । प्रदेश र राष्ट्रियस्तरको निर्वाचनको मिति अविलम्ब घोषणा गर्नुपर्ने उनको माग छ । सरकारले निर्वाचन नै नगराउने पो हो कि भन्ने शंका पनि उत्तिकै रहेको उनले बताए । 

यस वर्षलाई ‘निर्वाचन वर्ष’ नाम दिँदै नेता खनालले एमाले अब सामाजिक तथा आर्थिक रुपान्तरणको अभियानमा सहभागी हुने बताए । चितवनको भरतपुरमा दोस्रो पटक निर्वाचन गराउनु नै षड्यन्त्र भएको खनालको जिकिर थियो । एमालेलाई हराउन सिंगो राज्यशक्ति लागेको र मतदातालाई विभिन्न ढंगले अल्मल्याइएको खनालले बताए । 

 

तपाईंको बिचार