Saturday, November 18, 2017

सरकारलाई भदौ १ गते भित्रै आगामी निर्वाचन गर्न निर्वाचन आयोगको सुझाव

प्रकाशित मिति: 2017/08/07


साउन २३ काठमाडौं । भदौ १ गतेभित्रै आगामी निर्वाचनको मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोगले सुझाव दिएको छ ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा आयोगका प्रमुख अयोधीप्रसाद यादवले आफूहरूले सरकारलाई भदौ १ भित्रै नयाँ निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको बताए । छलफलबाट बाहिरिएर पत्रकारसँग कुरा गर्दै यादवले भने, ‘हामीले दिएको सुझावमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । विद्युतीय मतदान प्रणाली लागू गर्न पनि सुझाव दिएका छौ,’ उनलेभ भने, ‘निर्वाचन सम्बन्धी कानुन र निर्वाचन  क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो दिन भनेका छौ ।’
पहिला प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने भन्दै उनले एकैचोटि निर्वाचन गर्ने विषयमा छलफल गर्नुपर्ने बताए ।

 

तपाईंको बिचार