Saturday, November 18, 2017

आज केही स्थानमा भारी वर्षा भएपनि साँझबाट केही सुधार हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ

प्रकाशित मिति: 2017/08/13

साउन २९, काठमाडौं । देशैभर लगातारको भारी वर्षातका कारण पूर्वी र मध्य तराई उच्च जोखिममा परेको छ। बाढीका कारण धेरै जनधनको क्षति भएको छ । केही व्यक्ति बेपत्ता भएका छन्। चारा हजारभन्दा घर डुवानमा परेका छन्। 

जल तथा मौषम पूर्वानुमान महाशाखाले आइतबार पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षात हुने जनाएको छ। महाशाखाले मनसुनी न्यूनचापीय रेखा अहिले पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले मनसुन सक्रिय रहेकाले देशका केही स्थानमा आज पनि भारी वर्षा हुने जनाएको छ। महाशाखाले पूर्वी क्षेत्रमा आइतबार साँझसम्म मौसममा सुधार हुने तर मध्य र पश्चिम क्षेत्रमा सोमबार साँझदेखि मात्र मौसममा सुधार आउने जनाएको छ।

तपाईंको बिचार