Saturday, October 20, 2018

आगोबालेर खाना पकाउन नसकिने ठाउँमा तयारी खाद्य पठाउने

प्रकाशित मिति: 2017/08/13

साउन २९, काठमाडौं। आपूर्ति मन्त्रालयले देशभर रहेका मन्त्रालय सम्बद्ध कर्मचारीको विदा कटौती गर्दै सबैलाई राहत वितरण र उद्दार कार्यमा खटाउने निर्णय गरेको छ।  

मन्त्रालयका उपसचिवको नेतृत्वमा राहत वितरण तथा उद्दार कार्यका लागि टोली खटाउने निर्णय गरिएको छ। ‘आपतकालिन अवस्था भएका बाहेक सबै तहका कर्मचारीलाई बिदा नदिने र राहत एवं उद्दारमा खटाउने निर्णय भएको छ । बिदामा रहेका कर्मचारीलाई पनि तत्काल काममा फर्किन निर्देशन दिएको हो।
 
‘बाढी तथा पहिरो पिडितले तत्काल खाना पकाएर खान सक्ने अवस्था छैन। खाद्य संस्थान र साल्टट्रेडिङ संग समन्वय गरेर तत्काल उपलब्ध गराउन सकिने सबै राहत सामाग्रीको प्याकेट पुर्याउने गराउने निर्णय गरेका हो। आगोबालेर खाना पकाउन नसकिने ठाउँमा तयारी खाद्य सामाग्रीको सामग्रीको प्याकेट उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए। ‘पिडितकहाँ दाल, चामल, चिउरा, नुन, तेल लगायतका सामाग्री तत्काल पुर्यााउने निर्णय गरेका छ ।
 

तपाईंको बिचार